काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । गठबन्धनबिच सिट बाँडफाँटमा सहमति जुटाउने आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरूबाटै सहमति खोज्ने प्रयास भइरहेको छ ।
गठबन्धनमा रहेका दलहरू आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन ।
स्थानिय तह निर्वाचनमा पनि गठबन्धन गरेर चुनावमा जाँदा कांग्रेसले मात्र सन्तोषजनक जित निकालेको तर माओवादी र एकिकृत समाजवादीलाई सहयोग नभएको प्रचण्ड माधवको गुनासो छ ।
निर्वाचन पश्चात गठबन्धन दललाई छोडेर कांग्रेस एक्लै अगाडि बढ्ने विश्लेषणका साथ सिट बाँडफाँटमा कांग्रेसलाई पेलेर थोरै सिटमा चित्त बुझाउन बाध्य पार्ने रणनीति बाहिरिए पछि बालुवाटार ससंकित बनेको छ ।
पछिल्लो समय प्रचण्डले नाम मात्रका कम्युनिष्ट र समाजवादी व्यानर राखेका पार्टीलाई मिसाउँदै धेरै दल देखाउने कसरतमा जुट्दा सत्तासहयात्री दल कांग्रेस भागबन्डामा लचक नहुने र अन्तिममा केही ठाउँमा तालमेल गरेको भान पारेर गठबन्धनको भुंग्रोबाट बाहिर निस्कने दाउमा रहेको कांग्रेस गोप्य स्रोत बताउँछ ।