फोहोरका कारण भयावह बन्दै डेँगु, जनप्रतिनिधि खादामालामै रमाएकोमा जनताको आक्रोश

फोहोरका कारण भयावह बन्दै डेँगु, जनप्रतिनिधि खादामालामै रमाएकोमा जनताको आक्रोश

२०७९, भाद्र ९ बिहिवार

  • 1.0K
    SHARES

  • फोहोरका कारण भयावह बन्दै डेँगु, जनप्रतिनिधि खादामालामै रमाएकोमा जनताको आक्रोश

    काठमाडौं । समयमै फोहोर व्यवस्थापन नहुँदा काठमाडौंमा डेँगुले महामारीको झल्को दिन थालेको छ । 

    केही दिन अगाडि सम्म ललितपुरको सानेपा देखि भित्रिसहर हुँदै महालक्ष्मी नगरपालिका सम्म डेँगुका केस देखिएकामा हाल काठमाडौं महानगरका टोलटोलमा डेँगुका विरामी देखिन थालेका छन् । 

    स्वतन्त्र मेयर बालेन्द्र शाहलाई गलाउने सरकारी रणनीति र तिनै तहका सरकार लाग्नाले यसको मार जनताले भोग्नु परेको छ ।

    स्वास्थ्य जस्तो संवेदनशिल विषयमा पनि सरकार समर्थित पार्टीका नेताले फोहोर फाल्न समस्या पैदा गरेपछि मेयर बालेन प्रधानमन्त्री नै गुहार्न बालुवाटार पुगेका थिए । तत्पश्चात पनि फोहोर विसर्जनमा आंशिक बाधा व्यवधान आइरहँदा सबै फोहोर उठिसकेको छैन । 

    उपत्यकाको बढ्दो तापक्रम र अत्यधिक फोहोरका कारण डेँगु जस्तो प्राणघातक रोग फैलिरहँदा पनि सरकार मुक दर्शक र जनप्रतिनिधि खादामालामै रमाउँदै हिँडेकामा जनता आक्रोशित देखिएका छन् । 

    काठमाडौं महानगरपालिका वडा नं ७ का बासिन्दा आशिष श्रेष्ठ भन्छन्, "डेँगु समस्या समाधान गर्न भन्दा पनि खादामालामै जनप्रतिनिधि रमाइरहेकामा दुख लागेको छ ।" 

    वुधवार मात्र टेकु अस्पतालमा डेँगु जँचाउन जानेको लाइन देख्दा उपत्यका अर्को ठूलो महामारीका लागि तयार हुँदैगरेको आभास दिन्थ्यो । एकैदिन करिव ३००० हजारले परिक्षण गराउदा झण्डैँ १०० जनामा डेँगुका केस देखिएका स्रोतले बतायो । 

    यस्तो तथ्यांक सरकारी लेभलमा पुग्दा पनि टोलटोलमा लामखुट्टे मार्न औषधि छर्किने, सचेतना कार्यक्रम अगाडी बढाउन ढिलाई भईरहेकामा चिन्ता व्यक्त गरिएको छ । 

    २०७९, भाद्र ९ बिहिवार०९:१९:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार