एमाले पोलिटब्यूरो बैठक शुरु

एमाले पोलिटब्यूरो बैठक शुरु

२०७९, भाद्र ९ बिहिवार

  • 741
    SHARES

  • एमाले पोलिटब्यूरो बैठक शुरु

    काठमाडौँ । नेकपा (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

    आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनेछन् । यही भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आयोजना गरिएको छ । 

    एमालेले मङ्सिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई केन्द्रित गरी सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ । बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने प्रतिवेदनमाथि पोलिटब्यूरो सदस्यले धारणा राख्नेछन् । 

    २०७९, भाद्र ९ बिहिवार०१:४७:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार