चीनमा कोभिड १९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने

चीनमा कोभिड १९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने

२०७७, पौष २५ शनिवार

  • 1.3K
    SHARES

  • चीनमा कोभिड १९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने

    पौष २५, काठमाडौँ ।

    विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको चीनले बताएको छ ।

    विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो ।

    तर विगतमा भने चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो ।

    तर शनिबार चीनले ती अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको लागि अनुमति दिइएको बताएको छ । 

    चीनको वुहान शहरमा कोभिडको भाइरस उत्पत्ति भएको बताइएको छ । त्यस विषयमा विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न चाहेको थियो ।

    तर चीन सरकारले दिएको थिएन । शनिबार चीनका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले यो जानकारी दिएका छन् ।

    उनले भनेका छन् कि चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धान अधिकारीहरुलाई यस विषयमा अनुमति दिएको छ र आगामी केही दिनमा उनीहरुको आगमन हुने बताइएकोले चीनले उनीहरुको स्वागत गर्नेछ । 

    चीनको नेशनल हेल्थ कमिसनका निर्देशक चेन इसिनले सो कुराको जानकारी दिएका हुन् । उनले ती अधिकारीहरुले चीनमा कोभिड १९ को उत्पत्तिको बारेमा गर्ने अनुसन्धानमा पूर्ण रुपमा सघाउन चीन तयार रहेको ।

    चेनले भने–विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुले यस अनुसन्धानका विषयमा उनीहरुको कार्यक्रम र कार्य सूची के कस्तो छ भन्ने बारेमा हामीलाई थाहा दिएपछि उनीहरुसँगै हाम्रा अनुसन्धान अधिकारीहरु पनि वुहान जान तयार छन् । 

    यस अनुसन्धानमा आफूहरुले आवश्यक सहयोग गर्ने र उनीहरुको कार्यक्रमअनुसार नै आफ्ना अनुसन्धान अधिकारीहरु वुहान जाने पनि चीनका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताएका छन् । -एजेन्सी

    २०७७, पौष २५ शनिवार०५:३१:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार