गठबन्धन कार्यदलको बैठक बस्दै, १६५ सिटका लागि २३५ सिटको दाबी प्रस्तुत 

गठबन्धन कार्यदलको बैठक बस्दै, १६५ सिटका लागि २३५ सिटको दाबी प्रस्तुत 

२०७९, भाद्र १० शुक्रवार

  • 897
    SHARES

  • गठबन्धन कार्यदलको बैठक बस्दै, १६५ सिटका लागि २३५ सिटको दाबी प्रस्तुत 

    काठमाडौँ । सत्ताधारी पार्टीले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ ।

    बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

    बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ-आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन आज बैठक बस्न लागेको हो ।

    उक्त बैठकमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेस गरेका थिए ।

    २०७९, भाद्र १० शुक्रवार०७:२४:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार