भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै कोरोना

भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै कोरोना

२०७९, भाद्र ११ शनिवार

  • 1.3K
    SHARES

  • भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै कोरोना

    नयाँदिल्ली । भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कोरोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ ।

    सरकारले शनिबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा नौ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएको छ । देशमा हाल ८७ हजार तीन सय ११ जना सक्रिय सङ्क्रमित छन् । 

    यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ९० जना नयाँ सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

    पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेहरूको सङ्ख्या तीस हजार पाँच सय ७१ पुगेको छ । सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको तथा र पञ्जाव प्रान्तले उसलाई पछ्याइरहेको अधिकारीहरूले बताएका छन् । 

    यसैबीच, मलेसियामा कारोना लागेर छ जनाको मृत्यु भएको तथा तीन हजार एक सय १८ जना नयाँ बिरामी थपिएका छन् ।

    शुक्रबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीहरूले अझै पनि देशभर ३७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका बताएका छन् । एजेन्सी ।

    २०७९, भाद्र ११ शनिवार०३:४२:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार