काठमाडौ २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा माधव नेपाल सर्वसम्मत सिफारिस

काठमाडौ २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा माधव नेपाल सर्वसम्मत सिफारिस

२०७९, भाद्र १२ आइतवार

  • 1.2K
    SHARES

  • काठमाडौ २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा माधव नेपाल सर्वसम्मत सिफारिस

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले काठमाडौ क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका लागि पार्टी अध्यक्ष माधव नेपालको नाम सर्वसम्मत सिफारिस गरेको छ।

    शुक्रबार बसेको क्षेत्रीय कमिटि बैठकले अध्यक्ष नेपाललाई मंसिर ४ गते हुने चुनावमा उम्मेदवार बनाउन सिफारिस गरेको हो। अध्यक्ष नेपालको नाम सर्वसहमत रुपमा पठाइएको क्षेत्रीय अध्यक्ष रुद्रप्रसाद चापागाईंले जानकारी दिएका छन्।

    शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न वडा सहित काठमाडौं महानगरपालिकाका दुई वडा रहेको क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यका लागि नेपाललाई उनकै उपस्थितिमा प्रतिनिधि सभा सदस्य उम्मेदवारका रुपमा सिफारिस गरिएको हो । 

    २०७९, भाद्र १२ आइतवार०७:२३:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार