काठमाडौं । विष्णुमती नदी जलाधारको जितपुर र आसपास तथा बल्खु नदी जलाधारमा भारी वर्षा मापन गरिएको छ ।
विष्णुमतीमा जल सतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सुचना केन्द्रले जानकारी दिएको छ। विष्णुमती र बल्खु नदीको पानी किनारको सडक र बस्तीमा पस्न सक्ने सम्भावना रहेकोले सो नदी किनारको सडक भएर यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।