एमाले अध्यक्ष ओलीसँग रविन्द्र मिश्रको गोप्य वार्ता, चुच्चेनक्सा सहितको एक मुठी सिक्का उपहार 

एमाले अध्यक्ष ओलीसँग रविन्द्र मिश्रको गोप्य वार्ता, चुच्चेनक्सा सहितको एक मुठी सिक्का उपहार 

२०७९, भाद्र १३ सोमवार

  • 1.1K
    SHARES

  • एमाले अध्यक्ष ओलीसँग रविन्द्र मिश्रको गोप्य वार्ता, चुच्चेनक्सा सहितको एक मुठी सिक्का उपहार 

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य वार्ता गरेका छन् । 

    मिश्रले आइतबार साँझ ओलीसँग साढे २ घण्टा गोप्य वार्ता गरेका हुन् । 

    वार्तामा राजनीतिक दाउपेचका कुरा सहित ओलीको जिवन गाथानै सुन्न पाएकोमा आफुलाई फरकपन महशुस भएको उनले आज बिहान समाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।

    चुच्चे नक्शासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का उपहार दिएको भन्दै मिश्रले सिक्काको तस्बिरसमेत राखेका छन् ।

    sikka-1.jpg

    मिश्रले केपी ओलीको ऊर्जा र लगन अनौठो रहेको भन्दै तारिफ समेत गरेका छन् ।

    ‘ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो । आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नुपूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो’, मिश्रले भनेका छन् ।

    भेटघाटको क्रममा ओलीले आफूलाई दिएको ढाडसबारे मिश्रले उल्लेख गरेका छन्, ‘तपाईँ चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला ।’

    २०७९, भाद्र १३ सोमवार०९:५७:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार