संसदमा ज्ञवालीको प्रश्न : प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो विद्यार्थी संगठनलाई गुण्डागर्दी गर्न लगाएको हो ? 

संसदमा ज्ञवालीको प्रश्न : प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो विद्यार्थी संगठनलाई गुण्डागर्दी गर्न लगाएको हो ? 

२०७९, भाद्र १३ सोमवार

  • 1.1K
    SHARES

  • संसदमा ज्ञवालीको प्रश्न : प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो विद्यार्थी संगठनलाई गुण्डागर्दी गर्न लगाएको हो ? 

    काठमाडौँ । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरूमाथि कारबाही नगरिएको भन्दै आपत्ति जनाएका छन्।

    प्रतिनिधि सभा बैठकमा विशेष समय माग गरी बोल्दै ज्ञवालीले त्रिभुवन विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखसँग सरकारलाई रुलिङ गर्न माग गरेका छन्।

    विश्वविद्यालयमा यसरी प्राध्यापकहरूमाथि आक्रमण हुनुले तथा अराजकता मौलाउनुले शिक्षाको गुणस्तर कायम नहुने उनको भनाइ छ।

    सांसद ज्ञवालीले भने, ‘पढाउन कक्षा कोठातिर हिँडिरहेका प्राध्यापकहरूमाथि सांघातिक आक्रमण भएपछि र त्यसरी आक्रमण गर्नेहरूलाई मुद्दा नचलाइएपछि या चलाइएको मुद्दा पनि फिर्ता लिने अवस्था भइसकेपछि विश्वविद्यालय कसरी चल्छरु शिक्षाको गुणस्तर कसरी कायम हुन्छ ? यो असाध्यै गम्भीर प्रश्न भयो। यसमा न कुलपति बोल्नुभएको छ, न सहकुलपति बोल्नुभएको छ, न गृहमन्त्रीले नै जवाफ दिनुभएको छ। प्रमुख प्रतिपक्ष यो स्थितिलाई टुलुटुलु हेरेर बस्न सक्दैन सभामुख महोदय। के कुनै संस्थाहरूको स्वतन्त्रता यसरी नै समाप्त पारिने हो ?’

    सांसद ज्ञवालीले त्रिभुवन विश्वविद्यालय चरम गुण्डागर्दीले त्रसित रहेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो विद्यार्थी संगठनलाई गुण्डागर्दी गर्न सिकाएको होरु भन्ने प्रश्न गरे।

    प्रधानमन्त्री र गृहमन्त्री स्वयं विद्यार्थी राजनीतिबाट मुलुकको शीर्ष स्थानमा पुगेको उल्लेख गर्दै उनले त्रिभुवन विश्वविद्यालयमा भएको विकृतिलाई रोक्नुपर्ने बताए।

    पञ्चायतकालमा मण्डलेहरुका कारण बदनाम बन्न पुगेको विश्वविद्यालयलाई लोकतन्त्र आएपश्चात सुधार गरिएकोमा हाल सत्तासंरक्षित गुण्डागर्दीबाट विश्वविद्यालय नै त्रसित बनेको ज्ञवालीको आरोप छ । 

    २०७९, भाद्र १३ सोमवार०१:००:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार