ऐतिहासिक स्थान छनोट गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौंद्धारा तिजविशेष कार्यक्रम सम्पन्न

ऐतिहासिक स्थान छनोट गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौंद्धारा तिजविशेष कार्यक्रम सम्पन्न

२०७९, भाद्र १३ सोमवार

  • 2.1K
    SHARES

  • ऐतिहासिक स्थान छनोट गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौंद्धारा तिजविशेष कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं जिल्ला कमिटीले विशेष महत्वको कार्य गर्दै तिजविशेष कार्यक्रम सम्पन्न गरेको छ । 

    गत शुक्रवार राजधानीको भित्रिसहर काठमाडौं महानगरपालिका वडा नं २३ मा अवस्थित ऐतिहासिक महत्व बोकेको विद्यालय निर्मल विद्यापिठमा शिक्षिकाहरुलाई तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । 

    काठमाडौंको मुटुमा रहेर पनि हाल जिर्ण अवस्थामा पुगेको विद्यालयमा आई यहाँ अध्ययनरत कक्षा १ देखि ८ सम्मका करिव ५५ विद्यार्थीलाई शैक्षिक सामाग्री समेत प्रदान गरिएको संगठनका काठमाडौं अध्यक्ष डिल्ली शर्माले बताए । राज्यले नदेखे पनि कम्तिमा हामी त देखौं, यहाँको अवस्था नियालौँ भन्दै तिज कार्यक्रमका लागि यस विद्यापिठलाई छनोट गरिएको हो शर्माले भनेका छन् ।

    10.jpg

    संगठनका महासचिव हंश बहादुर शाही प्रमूख अतिथि रहेको यस कार्यक्रममा महानगर शिक्षा विभाग प्रमूख रामप्रसाद सुवेदी सम्मले विद्यालयबारे अनविज्ञता जनाए । 

    विद्यालय प्रांगण भित्रै शाहवंशिय राजा रण बहादुर शाहले शहादत प्राप्त गरेका चिनो रहेको छ । केही समयमै उक्त ऐतिहासिक स्थानको विनास हुन सक्नेमा सहभागि चिन्तित देखिएका थिए । त्यस्तै जिर्णोद्धारका लागि प्रतिक्षारत रणमुक्तेश्वर महादेवको मन्दिरले सिंगो महानगरपालिका एवं संस्कृति तथा पर्यटन मन्त्रालयलाई गिज्याईरहेको भान हुन्छ ।  

    खिचापोखरीको महत्वपूर्ण व्यापारिक कम्प्लेक्सको मुहार भागमै अवस्थित विद्यालयको अवस्था देख्दा मनै कुँड्याउने अवस्था छ ।

    21.jpg

    भुकम्पले चर्किएको भवनको एक तला चढेपछि देखिने कक्षाकोठाको बेहाल अवस्था हेर्दा शिक्षाका निकाय कहाँ छन् ? प्रश्नै प्रश्नले घेरिने अवस्था विद्यालयको छ ।

    सर्वहारा वर्गका सन्तान पढ्न आउने भएरै होला विद्यालय यतिविध्न उपेक्षामा परेको । धनीमानीका छोराछोरी सबै निजी विद्यालय जान्छन् । अनि अरुलाई के पो मतलव भयो र आक्रोशमिश्रित भावमा संगठनका नेता भन्दै थिए ।

    संगठनकी सचिव मञ्जु कार्कीले संचालन गरेको कार्यक्रमको अध्यक्षता जिल्ला उपाध्यक्ष तथा महिला विभाग प्रमूख चन्द्रकला कार्कीले गरेकी थिइन् ।

    कार्यक्रममा संगठनकी केन्द्रिय सचिव अम्बिका चापागाईँ, केन्द्रिय सदस्यद्धय शुभद्रा अधिकारी र केशव भट्टराई, प्रदेश सदस्य तुलाराम ढकाल, पुर्व जिल्ला अध्यक्ष राम शरण घिमिरे, सदस्य योगेन्द्र शाह, उपाध्यक्ष दिन बन्धु रेग्मी, नेता रविन तामांग लगाएतले आतिथ्यता प्रदान गरेका थिए ।   

    5.jpg4.jpg34.jpg22.jpg3.jpg25.jpg

    २०७९, भाद्र १३ सोमवार०२:०५:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार