काठमाडौँ । कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले आज साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने बताएको छ।
नतिजा सार्वजनिक गर्ने गरि अन्तिम छलफलका लागि साढे तीन बजे बोर्ड बैठक बस्नेछ।
गत जेठ २६ मा सम्पन्न भएको कक्षा १२ को परीक्षामा करिब देशभर ४ लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।