सोभियत संघका अन्तिम नेता मिखाइल गोर्भाचोभको निधन

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्भाचोभको निधन

२०७९, भाद्र १५ बुधवार

  • 1.4K
    SHARES

  • सोभियत संघका अन्तिम नेता मिखाइल गोर्भाचोभको निधन

    काठमाडौँ । शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ ।

    सन् १९८५ मा सत्तामा पुगेका गोर्भाचोभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गरेका थिए ।

    तर उनले सोभियत संघको पतन रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो । उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन् ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्भाचोभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् । -एजेन्सी । 

    २०७९, भाद्र १५ बुधवार०८:०६:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार