तीजमा नाचगान गर्दा चट्याङ लागेर दुईजनाको मृत्यु

तीजमा नाचगान गर्दा चट्याङ लागेर दुईजनाको मृत्यु

२०७९, भाद्र १५ बुधवार

  • 893
    SHARES

  • तीजमा नाचगान गर्दा चट्याङ लागेर दुईजनाको मृत्यु

    देउखुरी । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

    घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए । 

    २०७९, भाद्र १५ बुधवार०१:०१:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार