एमाले काठमाडौंका १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिस, काठमाडौं १ बाट वरिष्ठ अधिवक्ता भट्टराई

एमाले काठमाडौंका १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिस, काठमाडौं १ बाट वरिष्ठ अधिवक्ता भट्टराई

२०७९, भाद्र १५ बुधवार

  • 1.8K
    SHARES

  • एमाले काठमाडौंका १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिस, काठमाडौं १ बाट वरिष्ठ अधिवक्ता भट्टराई

    काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्लाका दशवटै निर्वाचन क्षेत्रिय कमिटीले प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिफारिस गरेका छन् । 

    बुधवार जिल्लाका दशवटै निर्वाचन क्षेत्रमा एकै समयमा बसेका बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको उमेदवार सिफारिस गरेका हुन् । 

    एमाले जिल्ला कमिटीका एक नेताका अनुसार जिल्लाका ४ वटा क्षेत्रिय कमिटीले मात्र सर्वसम्मत रुपमा १ जनाको नाम पठाएका छन् भने अन्यले आकांछी सबैको नाम सिफारिस गरेका छन् । सर्वसम्मत हुनेमा क्षेत्र नं २, ३, ५ र ८ छन् भने अन्यले दुई भन्दा बढि आकांछीका नाम सोझै जिल्लामा सिफारिस गरेका छन् । 

    क्षेत्रिय कमिटीले सिफारिस नगरे पनि नेतृ अष्टलक्ष्मी शाक्यले राजेको क्षेत्रबाट निर्वाचन लड्न सक्नेछिन् । त्यस्तै, काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यको नाम दुई क्षेत्रबाट सिफारिस भएको छ भने वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई क्षेत्र नं १ बाट सिफारिसमा परेका छन् । 

    त्यसैगरि काठमाडौं ७ बाट दुईपटक जितेका सांसद रामवीर मानन्धर सिफारिस हुन सकेनन् । 

    यी हुन् प्रतिनिधिसभामा एमालेबाट काठमाडौंका १० वटा क्षेत्रमा सिफारिस भएका उम्मेदवार

    क्षेत्र नम्बर १ः विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई

    क्षेत्र नम्बर २ः मणीराम फुयाल

    क्षेत्र नम्बर ३ः कृष्ण राई

    क्षेत्र नम्बर ४ः डा.राजन भट्टराई, निर्मल कुइकेल

    क्षेत्र नम्बर ५ः ईश्वर पोखरेल

    क्षेत्र नम्बर ६ः योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना

    क्षेत्र नम्बर ७ः इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त

    क्षेत्र नम्बर ८ः राजेश शाक्य

    क्षेत्र नम्बर ९ः कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, डा. अजय क्रान्ति शाक्य

    क्षेत्र नम्बर १०ः विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन

    २०७९, भाद्र १५ बुधवार०६:१६:२८
    प्रतिक्रिया
    सम्बन्धित समाचार