काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र गोरखा जिल्लाका तीन पालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ ।
बुधवार गोरखा नगरपालिका, भीमसेन थापा गाउंपालिका, बारपाक सुलिकोट गांउपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगर, भीमसेन थापा गाउंपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा र बारपाक सुलिकोट गांउपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि पालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।
सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्र्तगत व्यवसाायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यसले उद्यमी र बैंकबीचको खाडल हटाउन सहयोग पुग्ने बताए । गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगरले नगरपालिकाले कृषिमा व्यवसायीकरण, पर्यटन र साना उद्योगको प्रवद्र्धनमा लिएको नीति तथा कार्यक्रम लागू गर्न सघाउ पुग्ने बताए ।
भीमसेन थापा गाउंपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले सम्झौताले उद्यमशीलता बढाई गरिबी हटाउन सहयोग पुग्ने बताए । बारपाक सुलिकोट गांउपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बारपाक २०७२ सालको भुकम्प पिडित क्षेत्र भएकाले पालिका क्षेत्रको आर्थिक पुर्नउद्धारमा सहयोग पुग्ने बताए ।
उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा संविधानसभा सदस्य कृष्ण धितालले सम्झौता कार्यन्वयनको लागि शुभकामना व्यक्त गरेका थिए ।
ब्रान्च अपरेशन विभागका प्रमुख सरोज वस्नेतले कार्यक्रम संचालन गरेका थिए भने उक्त अवसरमा बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, पालिकाका पदाधिकारी तथा कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।