१० घण्टा छलफल चलेपनि सिट बाँडफाँड अनिर्णीत, माधव नेपाल भन्छन्,- 'कांग्रेसलाई ७० मात्रै'

१० घण्टा छलफल चलेपनि सिट बाँडफाँड अनिर्णीत, माधव नेपाल भन्छन्,- 'कांग्रेसलाई ७० मात्रै'

२०७९, भाद्र १७ शुक्रवार

  • 1.2K
    SHARES

  • १० घण्टा छलफल चलेपनि सिट बाँडफाँड अनिर्णीत, माधव नेपाल भन्छन्,- 'कांग्रेसलाई ७० मात्रै'

    काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा बिहीबार १० घण्टा छलफल चले पनि निष्कर्ष निस्कन सकेन।

    बैठकपछि अबेर राति सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटबारे विभिन्न धारणा सतहमा आए पनि अन्तिम टुंगो भने लाग्न नसकेको जानकारी दिए। ‘अब दुई दिनमा बैठक बसेर हामी टुंग्याउँछौँ,’ कार्कीले भने।

    प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा सिट बाँडफाँटबारे गम्भीर छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।

    बैठकमा निरन्तर छलफल भए पनि संख्यामै कुरा अड्किएको र छिट्टै निष्कर्षमा पुगिने उनले बताए।

    यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए।

    बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले कांग्रेस र समाजवादी गठबन्धनले आधा आधा गर्नु पर्नेमा जोड दिए भने एकिकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले कांग्रेसले ७० सिटको मात्र दाबी गर्नु पर्नेमा जोड दिएका थिए । 

    प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा पाँचै दलका शीर्ष नेताको उपस्थिति थियो। यद्यपि प्रधानमन्त्री देउवाले ८६ सिट कांग्रेसलाई राखेर बाँडफाँड गर्न निर्देशन दिएका गोप्य स्रोतले बतायो । 

    यता वरिष्ठ नेता शेखर कोइराला बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको हल्लाले अन्तिममा सिट बाँडफाँड माओवादी र समाजवादीका शीर्ष नेता मात्र जिताउने गरि हुन सक्ने आशंका पनि समाजवादी गठबन्धनमा चल्न थालेको समाजवादीका एक नेताले बताए । 

    एमाले अध्यक्ष ओलीले कांग्रेस एमाले मात्र भिड्नका लागि उत्प्रेरित गरिरहेका कांग्रेस नेताले नै बताउन थालेका छन् ।  

    २०७९, भाद्र १७ शुक्रवार०७:५७:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार