सिद्धार्थ राजमार्गमा नयाँ डाइभर्सनमा पनि पहिरो खस्यो

सिद्धार्थ राजमार्गमा नयाँ डाइभर्सनमा पनि पहिरो खस्यो

२०७९, भाद्र १७ शुक्रवार

  • 721
    SHARES

  • सिद्धार्थ राजमार्गमा नयाँ डाइभर्सनमा पनि पहिरो खस्यो

    पाल्पा । निरन्तरको वर्षाका कारण मुख्य सडक भासिएको सिद्धार्थ राजमार्गको हिउँदे खोलामा रातिको समयमा नयाँ डाइभर्सन निर्माण भएपनि सवारी संचालन हुन सकेको छैन् ।

    सडक डिभिजिन पाल्पाले गएराति नयाँ डाइभर्सन निर्माण गरेपनि रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सवारी संचालनमा समस्या भएको हो ।

    गएराति पौने दश बजेबाट नयाँ डाइभर्सन निर्माण गरिएको र निर्माण सम्पन्न हुनासाथ पानी परेका कारण दुई ठाउँमा पहिरो खसेको हुँदा सवारी संचालन हुन नसकेको हो ।

    यस्तै नयाँ खोलिएको सडकमा समेत आज बिहान पहिरो खसेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए । 

    अहिले पनि पानी परेका कारण सडक खुलाउने काम गर्न असहज भएको छ । माथिबाट पहिरो खस्ने र खनिएको सडक समेत पहिरोले बगाएपछि सडक खुलाउने विषय नै अन्यौलमा परेको सूचना अधिकारी लम्सालले बताए । 

    उक्त राजमार्गमा बिहीबार दिउँसो करिव ६० मिटर सडक पूर्ण रुपमा भासिएको थियो । सडकमा देखिएको समस्याका कारण यात्रुहरु भने अलपत्र परेका छन् । अहिले निरन्तर पानी परेका पानी रोकिएपछि मात्रै सवारी संचालन गर्नेगरी काम गरिने सडक डिभिजन पाल्पाले जनाएको छ ।

    यसैबीच पहिरोका कारण सुनौली पोखराको यात्रा रोकिएको छ । बाह्रै महिना सास्तीको सडकका रुपमा रहेको यो रागमार्गको तानसेन बुटवल खण्डमा खासगरी चार्डवार्ढका बेला यात्रुले थप सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।

    २०७९, भाद्र १७ शुक्रवार०८:१४:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार