कक्षा १२ को नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा

कक्षा १२ को नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा

२०७९, भाद्र १७ शुक्रवार

  • 1.1K
    SHARES

  • कक्षा १२ को नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

    गत जेठ १६ गतेदेखि २५ गतेसम्म देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा सञ्चालन भएको परीक्षाको नतिजा बोर्डले आज प्रकाशित गरेको हो । 

    यस पटक नन ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् ।

    बोर्डका अनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा एनजी अर्थात् नन ग्रेडिङ लेख्ने उल्लेख छ । नन ग्रेडिङमा परेका विद्यार्थीहरूले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ । 

    सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४ हजार १ सय ७९ रहेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डका  अनुसार  नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ  ।

    परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।

    यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा
    विभिन्न Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ स्
    १. राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np
    २. नेपाल टेलिकमको  website : www.neb.ntc.net.np

    SMS सेवा :
    १. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा SMS गर्ने ।

    IVR सेवा :
    १. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

     

    २०७९, भाद्र १७ शुक्रवार०६:२७:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार