आज यी ५ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज यी ५ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

२०७९, भाद्र १८ शनिवार

  • 797
    SHARES

  • आज यी ५ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ।

    प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    शनिबार प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै आइतबार पनि प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९, भाद्र १८ शनिवार०७:३७:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार