धनुषाबाट नेता निधिको नाम समानुपातिकमा सिफारिस

धनुषाबाट नेता निधिको नाम समानुपातिकमा सिफारिस

२०७९, भाद्र १८ शनिवार

  • 897
    SHARES

  • धनुषाबाट नेता निधिको नाम समानुपातिकमा सिफारिस

    धनुषा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसका पूर्व उपसभापति  विमलेन्द्र निधिको नाम धनुषाबाट सिफारिस भएको छ । 

    नेता निधिलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली काँग्रेस प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताले जानकारी दिए ।  

    यसअघि २०७४ सालको निर्वाचनमा निधि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।  

    २०७९, भाद्र १८ शनिवार०७:५१:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार