उम्मेदवार बन्न काठमाडौँ धाउने प्रवृत्ति नदेखाउन कार्यकर्तालाई माधव नेपालको सुझाव

उम्मेदवार बन्न काठमाडौँ धाउने प्रवृत्ति नदेखाउन कार्यकर्तालाई माधव नेपालको सुझाव

२०७९, भाद्र १८ शनिवार

  • 885
    SHARES

  • उम्मेदवार बन्न काठमाडौँ धाउने प्रवृत्ति नदेखाउन कार्यकर्तालाई माधव नेपालको सुझाव

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आसन्न निर्वाचन तयारीका लागि जनताको घरदैलोमा जान पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । 

    लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ समाजवादी कास्कीको भेलामा अध्यक्ष नेपालले चुनावमा टिकट प्राप्त गर्न सम्बन्धित भूगोलमा क्रियाशील हुनुपर्नेमा जोड दिँदै उम्मेदवार बन्न काठमाडौँ धाउने प्रवृत्ति नदेखाउन कार्यकर्तालाई सुझाव दिए । 

    निर्वाचनमा पार्टीले मापदण्ड बनाएर उम्मेदवार छनोट गर्ने बताउँदै उनले नेपालले गठबन्धनमा सहमति नभए आफ्नो पार्टी एक्लै चुनावमा जाने भएकाले सबै जनवर्गीय सङ्गठनले देशभर सङ्गठन सुदृढीकरणका लागि उत्साहित भएर लाग्नुपर्नेमा जोड दिए ।  

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टीको निर्णय सबै कार्यकर्ताले मान्नुपर्ने भन्दै गठबन्धन दलभित्र सबैको महत्व र भूमिकाको मूल्याङ्कन गरी न्यायोचित आधारमा सिट बाडफाँट गर्नुपर्नेमा जोड दिए । 

    नेकपा (एकीकृत समाजवादी) नेकपा (माओवादी केन्द्र) मा विलय हुँदैछ भनेर नेकपा (एमाले) ले कुप्रचार गरेको उनको भनाइ थियो । 

    २०७९, भाद्र १८ शनिवार०८:२४:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार