ग्रेडिङ भन्दा ननग्रेडिङ बढी

ग्रेडिङ भन्दा ननग्रेडिङ बढी

२०७९, भाद्र १८ शनिवार

  • 1.1K
    SHARES

  • ग्रेडिङ भन्दा ननग्रेडिङ बढी

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को प्रकाशित गरेको नतिजामा ग्रेडिङ भन्दा ननग्रेडिङ प्राप्त गर्ने विद्यार्थीको संख्या बढी  छ।  

    यस पटक बोर्डले ग्रेडिङ प्रणाली ०७८ अनुसार नतिजा प्रकाशित गरेको छ। यसले शैद्धान्तिक विषयमा ३५ प्रतिशत भन्दा कम अंक प्राप्त गर्नेलाई ननग्रेडिङमा वर्गीकृत गरेको हो।  

    बोर्डका कक्षा १२ को उपनियन्त्रक कृष्ण घिमिरेका अनुसार यस पटक जेठ १६ देखि २६ गतेसम्म सञ्चालित परीक्षामा नियमित तर्फ कुल ३ लाख ६३ हजार ८ सयले परीक्षा दिएका थिए। जसमध्ये ३५ प्रतिशत र त्यो भन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीहरुको सख्या एक लाख ७५ हजार ३ सय ९० रहेको छ। अर्थात यो वर्षको नतिजामा कुल परीक्षार्थीमध्ये ४८.१० प्रतिशत मात्र कुनै न कुनै ग्रेडिङ प्राप्त गर्न सफल भएका छन्।

    अर्थात यी विद्यार्थीहरु मात्र स्नातकमा अध्ययन गर्न पाउने छन् भने ५१.९० प्रतिशत अर्थात एक लाख ८८ हजार ४ सय १० विद्यार्थीहरु ननग्रेडिङमा परेका छन्। अर्थात यी विद्यार्थीहरु स्नातकमा अध्ययन गर्न पाउने छैनन्। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 

    बोर्डले पहिलो पटक नयाँ ग्रेडिङ प्रणाली अनुसार ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई ननग्रेडिङ समुहमा राखेर नतिजा प्रकाशित गरेको उपनियन्त्रक घिमिरेले जनाए ।   

    ‘कक्षा १२ मा ग्रेडिङ प्रणाली लागु भएको चार वर्ष भयो। गत वर्षसम्म ३० प्रतिशतमै ग्रेडिङ हुने गरेको थियो। यसले धेरै विद्यार्थी ग्रेडिङमा पर्थे तर गुणस्तरको सवालमा चुनौति थपिएको थियो,’ उपनियन्त्रक घिमिरेले भने, ‘हाल बोर्डले ३५ प्रतिशत भन्दा कम अंक प्राप्त गर्नेलाई ननग्रेडिङ गर्यो। यसले धेरै विद्यार्थी  ननग्रेडिङमा परे। विगत दुई वर्ष ०७७-०७८मा स्कुललेनै मूल्याँकन गरि दिएको नम्बरमा बोर्डले प्रमाणिकरण गरि नतिजा प्रकाशित गरेकोले विगतका वर्षको नतिजासँग तुलना गर्न मिल्दैन। ’ 

    २०७९, भाद्र १८ शनिवार०८:२८:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार