आज यी ४ प्रदेशमा हल्का वर्षा 

आज यी ४ प्रदेशमा हल्का वर्षा 

२०७९, भाद्र १९ आइतवार

  • 1.0K
    SHARES

  • आज यी ४ प्रदेशमा हल्का वर्षा 

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।

    आज आइतबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।

    बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९, भाद्र १९ आइतवार०७:२३:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार