गठबन्धनको बैठक : दुई दिनभित्र सिट बाँडफाँट टुङ्याइने

गठबन्धनको बैठक : दुई दिनभित्र सिट बाँडफाँट टुङ्याइने

२०७९, भाद्र २० सोमवार

  • 917
    SHARES

  • गठबन्धनको बैठक : दुई दिनभित्र सिट बाँडफाँट टुङ्याइने

    काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि छिट्टै सिट बाँडफाँट टुङ्याउने दाबी गरेको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको जनाएको छ ।  

    बैठकले गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  

    गठबन्धनको कार्यदलको बैठक आज सोमबार दिउँसो १ बजे बस्ने र लगातार बैठक बसी सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेस गर्ने उनले बताए । 

    बैठकमा केही दिनेदेखि सिट बाँडफाँटकै सेरोफेरोमा छलफल भइरहेको मन्त्री कार्कीले जानकारी दिए । सिट बाँडफाँट गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र ‘विन विन’ हुनेगरी निर्णय लिइने उनले बताए ।  

    प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता थियो । 

    २०७९, भाद्र २० सोमवार०७:३१:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार