जापानमा कोभिडबाट थप सङ्क्रमितको सङ्ख्या सात हजारभन्दा बढी

जापानमा कोभिडबाट थप सङ्क्रमितको सङ्ख्या सात हजारभन्दा बढी

२०७७, पौष २६ आइतवार

  • 1.9K
    SHARES

  • जापानमा कोभिडबाट थप सङ्क्रमितको सङ्ख्या सात हजारभन्दा बढी

    पौष २६, टोकियो । 

    जापानमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या सात हजार १०९ पुगेको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीले शनिबार बताएका छन् ।  

    जापानमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ८१ हजार ९९२ पुगेको छ भने चार हजार २० कोभिड सङ्क्रमित विरामीको मृत्यु भएको छ । 

    मन्त्रालयका अनुसार अहिले गम्भीर अवस्थामा रहेका कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या ८२७ रहेको छ । उनीहरूलाई सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखी सेवा प्रदान गरिराखिएको छ । 

    महामारीको केन्द्र मानिएको राजधानी टोकियोमा शनिबार दुई लाख २६८ थप सङ्क्रमित रहेको पुष्टि गरिएको छ । एकै दिनमा राजधानीमा दुई हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएको यो लगातार तेस्रो दिन हो । 

    राजधानी टोकियोमा मात्र सङ्क्रमित हुनेको सङ्ख्या ७३ हजार ४५० पुगेको छ ।  

    जापानको खास गरी शहरी क्षेत्रमा सङ्क्रमण दर निरन्तर वृद्धि भएपछि प्रधानमन्त्री योशिहिडे सुगाले गत बिहिबारदेखि टोकियो, कानागावा र चाइबा क्षेत्रमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेका छन् । -एजेन्सी । 

    २०७७, पौष २६ आइतवार०७:२४:३६
    प्रतिक्रिया
    सम्बन्धित समाचार