रुसले उत्तर कोरियासँग हातहतियार खरिद गर्दै

रुसले उत्तर कोरियासँग हातहतियार खरिद गर्दै

२०७९, भाद्र २२ बुधवार

  • 1.1K
    SHARES

  • रुसले उत्तर कोरियासँग हातहतियार खरिद गर्दै

    काठमाडौँ ।रुस-युक्रेन युद्ध लम्बिएसँगै रुसले आवश्यक सैन्य उपकरण उत्तर कोरियासँग किन्ने भएको छ । रुसमाथि लगाइएको चौतर्फी प्रतिबन्धका कारण उत्तर कोरियासँग सैन्य उपकरण खरिद गर्न बाध्य भएको अमेरिकाको भनाइ छ ।

    एक अमेरिकी अधिकारीका अनुसार युक्रेन युद्धमा प्रयोग गर्नका लागि मस्कोले पेङयोङसँग लाखौंको संख्यामा रकेट र गोला बारुद खरिदको प्रकृया अघि बढाएको हो ।

    युद्धलाई लम्बाइ रहेको रुसले उत्तर कोरियासँग हतियार खरिद गर्नु भनेको गम्भीर आपूर्ति अभावको संकेतका रुपमा विश्लेषण गरिएको छ । युक्रेनको रक्षा मन्त्रालयले ट्वीट गर्दै सोभियत संघको हतियार क्षमता समाप्त भएको व्यङ्ग्य गरेको छ ।-एजेन्सी ।

    २०७९, भाद्र २२ बुधवार०९:००:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार