काठमाडौं । पछिल्लो दशक यता विदेशी मान्यता प्राप्त स्नातक तहको कोर्स पढ्न पाउने सुविधा नेपालका विभिन्न कलेजले पूरा गर्दै आएका छन् ।
कक्षा १२ को नतिजा प्रकाशन सँगै विदेशी फ्रेन्चाइजका कोर्सबाट स्नातक तह गर्न चाहने विद्यार्थीहरु हाल कलेज कलेजमा पुग्न थालेका छन् ।
यस्तैमा काठमाडौंको मिनभवन आलोकनगरमा रहेको सान्त्वना कलेजले विगत ४ वर्षदेखि सिमा कोर्स अध्यापन गराउँदै आएको छ ।
व्यवस्थापनमा स्नातक सँगसँगै सिमा कोर्स अध्ययन गर्ने विद्यार्थीहरु व्यावसायिक बजारका अब्बल मानवस्रोतका रुपमा रहेका सान्त्वनाका अध्यक्ष क्षितिज ढुंगेलले बताए । सिमा कोर्स एआईसिपिए -अमेरिका, सिपिए -अष्ट्रेलिया, सिएमए -क्यानाडा र आईसिएईडव्लु -इंगल्याण्ड एवं वेल्समा इक्विभ्यालेन्ट प्राप्त कोर्स हो ।
अध्ययन गरिरहेकै समयमा विदेशी विश्वविद्यालयमा पढ्न पाइने सुविधा र नेपालमै बसेर विदेशी विश्वविद्यालयको डिग्री लिनु चानचुने काम नरहेको विज्ञहरुको भनाई छ । अघिल्लो वर्ष सान्त्वनाका विद्यार्थीले अपरेशनल लेभलको केस स्टडीमा विश्व टप गर्न सफल भएपछि नेपालमा पनि यस कोर्सको महत्व, उपयोगिता र आवश्यकता झनै चुलिएको छ ।
अमेरिका, युरोपकै विश्वविद्यालयको सोझो संजालमा रहने भएकाले सिमाको लोकप्रियता बढ्दो क्रममा रहेको ढुंगेलले बताए ।