खानेपानी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने काठमाडौं १ 'ख' बाट प्रस्तावित युवा उमेदवार श्रेष्ठको घोषणा  

खानेपानी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने काठमाडौं १ 'ख' बाट प्रस्तावित युवा उमेदवार श्रेष्ठको घोषणा  

२०७९, भाद्र २२ बुधवार

  • 2.7K
    SHARES

  • खानेपानी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने काठमाडौं १ 'ख' बाट प्रस्तावित युवा उमेदवार श्रेष्ठको घोषणा  

    काठमाडौं । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि काठमाडौंबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका आकांक्षीहरुको नामावली पार्टी केन्द्रमा पुगिसकेको छ ।  

    काठमाडौं जिल्ला १ (ख) क्षेत्रबाट प्रदेश क्षेत्रिय संयोजक उज्जन कुमार श्रेष्ठ प्रत्यक्ष तर्फको निर्वाचनमा सिफारिस भएका छन् । 

    राजनीतिलाई पेशा भन्दा पनि सेवा भावले मात्र हेर्नु पर्छ भन्ने मान्यता राख्ने श्रेष्ठ  पुर्व जननिर्वाचित जनप्रतिनिधि समेत हुन् । हाल एक दर्जन भन्दा बढी संघ संस्थामा रहेर नेतृत्व प्रदान गर्दै आएका काठमाडौं मिनभवन निवासी श्रेष्ठ व्यवसायमा समेत अब्बल मानिन्छन्

    उज्यालो वडाको परिकल्पना सहित १ घर एक सोलार, एक घर एक बायोग्याँस प्लान्ट, एक घर एक धारा अवधारणा सहित आकषर्क तथा अति आवश्यकिय कार्यहरु संचालन र सम्पन्न गरी तत्कालिन रामेछाप जिल्लाको साँघुटार स्थित वडा नं. ३ को अध्यक्ष हुँदाका अनुभवले हालको वडा सरकारलाई थप अधिकार दिनु पर्ने धारणा श्रेष्ठले राखेका छन् । 

    एमाले क्षेत्रिय कमिटीबाट प्रदेश सभाका लागि सिफारिस भएसँगै श्रेष्ठले क्षेत्र विकासका लागि आफ्नो मोडल समेत सार्वजनिक गरेका छन् ।

    जसअनुरुप : १. फोहर जहाँ उत्पादन हुन्छ त्यहिँ विसर्जनको कार्यनीति
    २. सफा पिउने पानी 
    ३. सम्पूर्ण मतदाताहरुको लागि स्वास्थ्य विमा 
    ४. क्षेत्रमा रोलमोडल हुनेगरि सर्वसुलभ प्राविधिक–शिक्षा 
    ५. युवाका लागि रोजगारको वातावरण 
    ६. महिलाका लागि सिपयुक्त तालिम केन्द्र 
    ७. नागरिक अस्पतालमा क्षेत्रका जनतालाई ५० प्रतिशत छुटका लागि पहल गरिने 
    ८. अघिल्ला जनप्रतिनिधिले गरेका राम्रा र दुरगामी महत्वका कार्यलाई निरन्तरता 
    ९. धुलो र हिलोमुक्त क्षेत्र 
    १०. शान्त र सुरक्षित शहरको निर्माण आदि लगाएत रहेका छन् । 

    २०७९, भाद्र २२ बुधवार०७:३५:४७
    प्रतिक्रिया
    सम्बन्धित समाचार