कांग्रेस घोषणा पत्र बनाउने जिम्मेवारी महामन्त्री शर्मालाई 

कांग्रेस घोषणा पत्र बनाउने जिम्मेवारी महामन्त्री शर्मालाई 

२०७९, भाद्र २३ बिहिवार

  • 869
    SHARES

  • कांग्रेस घोषणा पत्र बनाउने जिम्मेवारी महामन्त्री शर्मालाई 

    काठमाडौँ । नेपाली काँग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणा पत्र तयार पार्ने भएको छ।

    सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री शर्मालाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको घोषणा पत्र तयारी समिति संयोजकको जिम्मेवारीमा मनोनीत गरेका हुन्। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महामन्त्री शर्मालाई सभापति देउवाले घोषणा पत्र तयारी समिति संयोजक मनोनीत गरेको बताए। गत वैशाखमा भएको स्थानीय तहको चुनावमा महामन्त्री गगन थापाको नेतृत्वमा काँग्रेसले घोषणा पत्र लेखेको थियो।

    २०७९, भाद्र २३ बिहिवार०६:४४:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार