सयभन्दा कम सिट स्वीकार नगर्ने शेखर कोइरालाको धारणा  

सयभन्दा कम सिट स्वीकार नगर्ने शेखर कोइरालाको धारणा  

२०७९, भाद्र २३ बिहिवार

  • 1.0K
    SHARES

  • सयभन्दा कम सिट स्वीकार नगर्ने शेखर कोइरालाको धारणा  

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले सय सिट लिन पहल गर्नुपर्ने बताएका छन्।

    उनले बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक सयभन्दा कम सिट आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन्।

    सत्ता गठबन्धन यतिबेला सिट बाँडफाँटको विषयमै रुमलिएको र यसलाई समयमै टुङ्ग्याउनुपर्नेमा जोड दिँदै उनले यस्तो कुरा बताए।

    गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि बस्दै छ। बिहान नौ बजे बस्नेगरी बोलाइएको सो बैठक पछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको स्रोतको दाबी छ।

    प्रत्यक्षतर्फ समेट्न नसकिएका व्यक्तिलाई समानुपातिकतर्फ राख्नुपर्ने बाध्यता कारण सत्तारुढ दलहरूले सिट बाँडफाँट टुङ्ग्याउन निरन्तर बैठक बस्दै आएका छन्।

    यता सत्तासहयात्री दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी चुनाव पछिको अवस्था समेतलाई आफ्नो काबुमा राखेर सत्ता संचालनमा सहभागीता जनाउने रणनीतिमा लागेको आरोप लाग्दै आएको छ । 

    २०७९, भाद्र २३ बिहिवार०८:०२:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार