यस्तो छ आज देशभरको मौसमी अवस्था 

यस्तो छ आज देशभरको मौसमी अवस्था 

२०७९, भाद्र २४ शुक्रवार

  • 1.2K
    SHARES

  • यस्तो छ आज देशभरको मौसमी अवस्था 

    काठमाडौँ । हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    २०७९, भाद्र २४ शुक्रवार०७:१८:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार