ट्युनिसियाको तटमा डुब्यो आप्रवासी सवार डुङ्गा, ११ जनाको मृत्यु

ट्युनिसियाको तटमा डुब्यो आप्रवासी सवार डुङ्गा, ११ जनाको मृत्यु

२०७९, भाद्र २७ सोमवार

  • 1.1K
    SHARES

  • ट्युनिसियाको तटमा डुब्यो आप्रवासी सवार डुङ्गा, ११ जनाको मृत्यु

    एजेन्सी । ट्युनिसियाको तटमा भएको डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन्।

    ट्युनिसियाको तट रक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुङ्गा मङ्गलवार डुबेपछि १४ जनाको उद्धार गरेको छ।

    शनिबार राति थप पाँच शव फेला परेपछि मृतकको संख्या ११ पुगेको सरकारी सञ्चार माध्यमा टीएपीले जनाएको छ। आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन आइओएमका अनुसार भूमध्य सागर पार गर्ने क्रममा यस वर्ष १ हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको छ।

    ट्युनिसियाली डुङ्गा स्फ्याक्स क्षेत्रबाट प्रस्थान गरेको थियो। डुङ्गा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको थियो।

    विभिन्न देशबाट गैर कानुनी रूपमा युरोप र उत्तर अमेरिका पुग्ने क्रममा वर्षेनी सयौँको अकालमा ज्यान जाने गरेको छ।एजेन्सी ।

    २०७९, भाद्र २७ सोमवार०७:५३:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार