आइएसको आक्रमणबाट छ जनाको मृत्यु

आइएसको आक्रमणबाट छ जनाको मृत्यु

२०७९, भाद्र २७ सोमवार

  • 973
    SHARES

  • आइएसको आक्रमणबाट छ जनाको मृत्यु

    दमासकस। सिरियाको हासकाह प्रान्तमा आइएसको आक्रमणमा परी कम्तीमा पनि छ जना नागरिकको ज्यान गएको छ । यहाँको हासकाह प्रान्तमा आइतबार सडकमा सवारी साधनमा रहेका नागरिकमाथि हमला गरेर ती व्यक्तिको ज्यान लिएका हुन् ।

    आइएसका आतङ्ककारीहरुले सडकमा रहेका नागरिकलाई एम्बुसमा पारेर हत्या गरेका हुन् । मारिएका व्यक्ति को हुन् भन्ने बारेमा भने आझै खुलेको छैन ।

    पछिल्लो समयमा आइएस आतङ्ककारीहरुले सडकमै एम्बुस थापेर व्यक्ति हत्या गर्ने गरेका छन् ।

    यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार आइएसहरुले सन् २०२२ शुरुबाट हालसम्म एक सय ३० वटा एम्बुस आक्रमण गरेका थिए । ती आक्रमणहरुमा परेर एक सय भन्दा बढी सर्वसाधारण मारिएका छन् ।एजेन्सी ।

    २०७९, भाद्र २७ सोमवार१२:२१:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार