सेयर बजारमा २२३५ अंकमा पुग्यो सूचक

सेयर बजारमा २२३५ अंकमा पुग्यो सूचक

२०७७, पौष २६ आइतवार

  • 1.2K
    SHARES

  • सेयर बजारमा  २२३५ अंकमा पुग्यो सूचक

    पौष २६, काठमाडौँ ।

    आइतबार बाणिज्य बैंक समूह ५९.६१ अंकले बढ्दा समग्र बजार सूचक ४१.२४ अंकले उक्लिएको छ।

    बजार सूचक २२३५.७२ अंकमा पुगेको छ। यो अहिलेसम्मकै उच्च अंक हो। 

    धेरै कारोबार भने प्रभु बैंकको भएको छ। बैंकको ३९ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। 

    बाणिज्य बैंकसँगै विकास बैंक सूचक पनि बढेको छ।  ८८.४५ अंकले सूचक उक्लिएको छ। कारोबार भएका १६ वटै विकास बैंकको मूल्य बढेको छ। सर्वाधिक बढ्नेमा नारायणी डेभलपमेन्ट बैंक छ। 

    यसपछि ब्यापार समूहको ७८ अंकले सूचक उक्लिएको छ। 

    जीवन बीमा सूचक १७.१६ अंकले झरेको छ। कुल ९ वटा कम्पनीको कारोबार भएकोमा ४ वटाको मूल्य घटेको छ।

    आइतबार प्रभु लाइफ, नारायणी डेभलपमेन्ट, आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक र युनाइटेड फाइनान्सको सेयर मूल्य सर्वाधिक बढेको छ।

     

    २०७७, पौष २६ आइतवार०३:५७:१९
    प्रतिक्रिया
    सम्बन्धित समाचार