एमालेले कसैसँग गठबन्धन गर्दैैन : अध्यक्ष ओली

एमालेले कसैसँग गठबन्धन गर्दैैन : अध्यक्ष ओली

२०७९, भाद्र २८ मंगलवार

  • 829
    SHARES

  • एमालेले कसैसँग गठबन्धन गर्दैैन : अध्यक्ष ओली

    जनकपुरधाम ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताएका छन् । नेकपा (एमाले) धनुषाले सोमबार आयोजना गरेको बृहत् जनसभामा उहाँले आफ्नै एजेण्डा र उद्देश्यका साथ एमाले एक्लै चुनावमा जाने र कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारे । 

    आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने जिकिर गर्नुहुँदै अध्यक्ष ओलीले एमालेप्रति बढ्दै गएको आकर्षणका कारण आफ्नो दलले निर्वाचनमा बहुमत ल्याउने जिकीर गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, "एमाले कसैसँग गठबन्धन गर्दैन ।” 

    एमाले श्रमिक, सुकुम्बासी र भूमिहीन र मधेसीहरूकै पार्टी भएको दाबी गर्नुहुँदै अध्यक्ष ओलीले एमाले पार्टी मधेसीको पार्टी हो, पहाडीया र हिमालीलगायत आम नेपालीको पार्टी भएको जिकिरसमेत गरे । उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । 

    आगामी निर्वाचन सामान्य निर्वाचन नभई मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने निर्वाचन भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनबाट एमालेको सरकार नबने मुलुक सङ्कटमा फस्ने दाबीसमेत गरे ।  

    अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले मात्र समृद्धिको लक्ष्य पूरा गर्नसक्ने बताउँदै भने, “गठबन्धनले देशलाई पछाडि धकेल्ने काम गरेको छ, नेपालीले देखेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना केवल एमालेले मात्र पूरा गर्न सक्छ ।”

    नागरिकता विधेयकको नाममा गठबन्धन सरकारले भ्रम फैलाउने काम गरेको आरोप उनले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी मात्र संसद्मा विधेयक आए आफ्नो पार्टीले सहज रुपमा पारित गर्न दिने स्पष्ट पारे । 

    २०७९, भाद्र २८ मंगलवार०७:३२:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार