आज देशका विभिन्न भागमा चट्याङ सहित भारी वर्षाको सम्भावना

आज देशका विभिन्न भागमा चट्याङ सहित भारी वर्षाको सम्भावना

२०७९, भाद्र २८ मंगलवार

  • 1.3K
    SHARES

  • आज देशका विभिन्न भागमा चट्याङ सहित भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।

    राती गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम तथा सडक र हवाई यातायातमा सामान्य प्रभावको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    २०७९, भाद्र २८ मंगलवार०७:४४:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार