झापा ४ 'ख' प्रदेश सभाका लागि युवा नेता रविन्द्र लम्सालको अधिक चर्चा 

झापा ४ 'ख' प्रदेश सभाका लागि युवा नेता रविन्द्र लम्सालको अधिक चर्चा 

२०७९, भाद्र २८ मंगलवार

  • 2.6K
    SHARES

  • झापा ४ 'ख' प्रदेश सभाका लागि युवा नेता रविन्द्र लम्सालको अधिक चर्चा 

    दमक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले झापा जिल्ला कमिटीले प्रत्यासीहरुको नाम प्रदेश कमिटीमा सिफारिस गरिसकेको छ । 

    पुर्व प्रधानमन्त्री एवं नेकपा एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला भएकाले पनि यहाँबाट प्रतिनिधित्व गर्ने वडा तहका नेताको अनुहारमा पनि १४ वर्षे जेलनेल भोगेका जिउँदा सहिद ओलीको झल्को दिने गरेको राजनीतिक विश्लेषकको भनाई छ । 

    यस्तैमा जिल्लाको क्षेत्र नं ४ ख बाट आकांक्षा राख्ने उमेदवार मध्ये युवा नेता रविन्द्र लम्सालको चर्चा बढ्दै गएको स्थानिय मतदाताले बताएका छन् । 

    सरल, जुझारु, बौद्धिक, निडर, अनुशासित राजनीतिज्ञको छवि बनाइसकेका लम्साल जिल्लाका उदयीमान युवा नेता हुन् । पार्टी जिल्ला कमिटी सदस्य तथा कन्काई नगर कमिटी ईन्चार्ज समेत रहेका लम्साल सबै नेता कार्यकर्तालाई समन्वय गर्न सक्ने समन्वयकारी नेताका रुपमा गनिन्छन् ।

    वि.सं. २०४६ सालको जनआन्दोलनबाट राजनीतिमा पाइला राखेका लम्साल अनेरास्ववियुका अव्वल कार्यकर्ता बन्दै कन्काई बहुमुखी क्याम्पसका २ कार्यकालका पुर्व स्ववियु सभापति हुन् । उनले २०५८ देखि २०६३ सम्म स्ववियु सभापतिको भूमिका सफलतापूर्वक निर्वाह गरेका थिए ।

    अध्ययनरत रहँदैका समयमा अकस्मात आफ्ना आमा बुबाको स्वास्थ्यमा समस्या आई काठमाडौ मैं बसेर उपचार गराउन पर्ने बाध्यात्मक परिस्थितिमा पनि लम्साल झापा काठमाडौं सम्पर्क मञ्चको क्षेत्रिय कमिटी उपाध्यक्ष तथा अधिवेशन आयोजक समितिको संयोजक रहँदै जिल्लाको पार्टी गतिविधिमा निरन्तर सक्रिय रहेका एक योद्धा नै रहेका मञ्चका पुर्व जिल्ला कमिटी सदस्य नरेन्द्र ओझाले बताए । 

    पार्टी गतिविधिमा अव्वल देखिएका लम्सालले जनताको मतबाट पनि आफ्नो अव्वलता पुष्टि गर्न सक्ने विज्ञहरुले बताएका छन् ।

    यद्यपि लम्सालका साथै प्रदेशसभाका लागि जिल्लाका पुराना नेता गोकर्ण ओझा, तुलाराम बस्नेत लगाएतका नेताहरु आकांछीका रुपमा रहेका छन् ।   

    २०७९, भाद्र २८ मंगलवार१०:३०:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार