दुर्गमका लागि झन्डै दुई लाख क्विन्टल चामल ढुवानी गरिँदै

दुर्गमका लागि झन्डै दुई लाख क्विन्टल चामल ढुवानी गरिँदै

२०७९, भाद्र २८ मंगलवार

  • 1.2K
    SHARES

  • दुर्गमका लागि झन्डै दुई लाख क्विन्टल चामल ढुवानी गरिँदै

    काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष एक लाख ८० हजार क्विन्टल चामल ढुवानी गर्ने भएको छ ।

    खाद्य कम्पनीले २४ दुर्गम जिल्लामा सुपथ मूल्यमा चामल उपलब्ध गराउन सो चामल ढुवानी गर्न लागेको हो । चामल ढुवानीका लागि ४७ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । 

    सरकारले प्रत्येक वर्ष बजेटमा दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्न रकम छुट्याउने गरेको छ । सरकारले दुर्गम जिल्लामा खाद्यान्न ढुवानीमा अनुदान दिने गर्छ ।

    कम्पनीले स्थल र हवाई मार्गबाट ती जिल्लामा खाद्यान्न ढुवानी गर्छ । कम्पनीका बिक्री प्रमुख भीम थापाले विभिन्न जिल्लामा सडक र हवाई मार्गबाट चामल पठाउने काम भइरहेको जानकारी दिए । जिल्लाको मागका आधारमा थप परिणाममा चामल ढुवानी गरिने उहाँले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    खाद्य कम्पनीले गत आर्थिक वर्ष तीन लाख आठ हजार क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य राखेकोमा दुई लाख ५४ हजार ६२९ क्विन्टल चामल ढुवानी गरेको थियो । आव २०७८-७९ को बजेटमा चामल ढुवानीका लागि ४६ करोड रुपियाँ विनियोजन गरिएको थियो । 

    खाद्य कम्पनीले चामल, दाल, तेल, गेडागुडीलगायतका खाद्यान्न वितरण गर्दै आएको छ । उपभोक्तालाई राहत दिन बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीले किसानबाट समर्थन मूल्यमा धान खरिद गरी कुटाएर चामल बिक्री गरेको छ । 

    यसैबीच कम्पनीले कर्णालीको स्थानीय उत्पादन खरिद गरी उपत्यकामा ल्याएर वितरण गर्ने योजना अगाडि बढाएको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यसहित हुम्लाको सिमकोट गाउँपालिकासँग स्थानीय उत्पादन खरिद गर्न सम्झौता गरी प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ स्थानीय उत्पादन र बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित कम्पनीले हुम्ला, जुम्लामा उत्पादन भएका सिमी, फापर, उवा, मार्सी चामललगायतका अन्य उत्पादन खरिद गरी काठमाडौँमा ल्याएर बिक्री गरिनेछ । 

    २०७९, भाद्र २८ मंगलवार११:२०:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार