त्रिवि सेवा आयोगको अध्यक्षका लागि आवेदन आह्वान

त्रिवि सेवा आयोगको अध्यक्षका लागि आवेदन आह्वान

२०७९, भाद्र २८ मंगलवार

  • 1.8K
    SHARES

  • त्रिवि सेवा आयोगको अध्यक्षका लागि आवेदन आह्वान

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो ।

    इच्छुक नेपाली नागरिकले आजबाट लागुहुने गरि एक साताभित्र वा असोज ३ गते सम्म आवेदन दिन सक्ने सार्वजनिक सूचनामा उल्लेख छ । अध्यक्षको कार्यकाल तीन वर्षको हुनेछ ।

    यस समबन्धमा विस्तृत विवरण मन्त्रालयको वेबसाइट https://www.moest.gov.np/ मा गएर हेर्न सकिने छ ।  

    २०७९, भाद्र २८ मंगलवार११:२८:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार