युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित

युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित

२०७९, भाद्र २८ मंगलवार

  • 1.2K
    SHARES

  • युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित

    किभ। युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरिएका युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरुको पुनर्मिलन मन्त्रालयले सोमबार जनाएको छ ।

    विशेषगरी अनिवार्य रुपमा विस्थापित गराउन पर्ने पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकहरुलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ ।

    यसका साथै दक्षिणी युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रका रुस नियन्त्रित क्षेत्रबाट ५० हजार मानिसलाई किभ नियन्त्रित क्षेत्रमा सारिएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।

    युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले अनिवार्य निकासीलाई अन्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा विस्तार गर्न सकिने बताएका छन् ।एजेन्सी ।

    २०७९, भाद्र २८ मंगलवार१२:४२:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार