न्युजिल्याण्डमा कोभिडबाट करिब दुई हजार सङ्क्रमित, छयालीसको मृत्यु

न्युजिल्याण्डमा कोभिडबाट करिब दुई हजार सङ्क्रमित, छयालीसको मृत्यु

२०७९, भाद्र २८ मंगलवार

  • 1.0K
    SHARES

  • न्युजिल्याण्डमा कोभिडबाट करिब दुई हजार सङ्क्रमित, छयालीसको मृत्यु

    वेलिङटन । न्युजिल्याण्डमा कोभिडबाट सोमबार मात्र करिब दुई हजार जना सङ्क्रमित भएको बताइएको छ । यहाँका स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोभिडबाट एक हजार नौ सय ४१ जना सङ्क्रमित भएका हुन् ।

    सो मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार उक्त सङ्क्रमण गएका केही हप्ताको तुलनामा अहिले कम हुदै गएको छ । साथै सोमबार यहाँका ४६ जना सङ्क्रमित यो संक्रमणबाट मृत्यु भएको पनि बताएका छन् ।

    जुलाई महिनाको सुरुको हप्तामा यहाँ दैनिक नै दश हजार जनामा सङ्क्रमण हुने गरेको थियो । तर पछिल्लो समयमा यो सङख्या घट्दै गएको र अहिले आएर दैनिक करिब दुई हजार जनामा मात्र यो सङ्क्रमण भएको पाइएको बताइएको छ ।

    यहाँ कोभिडको सङ्क्रमण सुरु भएदेखि सन् २००० यतादेखि अहिलेसम्म १७ लाख भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ । यहाँ यो सङ्क्रमणबाट हुने मृत्युदरमा भने कमी आएको पनि बताइएको छ ।

    यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सङ्क्रमणबाट यहाँका एक हजार ९६२ जना व्यक्तिको मात्र निधन भएको जनाएको छ ।एजेन्सी ।

    २०७९, भाद्र २८ मंगलवार१२:४६:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार