साझा चुनौतीको समाधान गर्न ऐक्यबद्ध रुपमा लाग्नुपर्छः राष्ट्रसङ्घीय महासचिव

साझा चुनौतीको समाधान गर्न ऐक्यबद्ध रुपमा लाग्नुपर्छः राष्ट्रसङ्घीय महासचिव

२०७९, भाद्र २९ बुधवार

  • 809
    SHARES

  • साझा चुनौतीको समाधान गर्न ऐक्यबद्ध रुपमा लाग्नुपर्छः राष्ट्रसङ्घीय महासचिव

    संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले विश्वमा देखा परिरहेका विभिन्न साझा समस्या तथा चुनौतीहरुको समाधानाका लागि विश्वका देशहरु ऐक्यबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

    मङ्गलबार संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभाको उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन् । उनले यस्ता समस्याको समाधानका साथै आगामी दिनमा पनि देखा पर्नसक्ने सबै प्रकारका चुनौतीहरुलाई समाधान गर्नका लागि सबै सदस्य राष्ट्रहरु एक भएर लाग्नुपर्ने बताए ।

    सो सभालाई सम्बोधन गर्दै महासचिव गुटरेसले यसअघिको ७६ औँ महासभाको उद्घाटनका क्रममा पनि हाम्रासामु धेरै प्रकारका चुनौतीहरुको पहिचान भएको थियो, तर ती अहिले पनि हामीसँगै छँदैछन् भने ।

    ती समस्यालाई आगामी दिनमा सबैको समान प्रयासबाट समाधान निकाल्न सकिन्छ उनले भनेका छन् । शान्ति, मानव अधिकार तथा जलवायु परिवर्तनका समस्याहरु हाम्रा सामु रहेकाले तिनको समाधानमा हामी सबै लाग्नुपर्छ उनले भने । एजेन्सी ।

    २०७९, भाद्र २९ बुधवार०२:१०:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार