भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित

२०७९, भाद्र २९ बुधवार

  • 1.3K
    SHARES

  • भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ सङ्क्रमित भएका हुन् ।

    भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४५ हजार सात सय ४९ रहेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा पाँच हजार ६७५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड ३९ लाख ३६ हजार ९२ पुगेको छ । 

    मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा तीन लाख ५५ हजार २३१ जनाको कोरोना परीक्षण गरिएको थियो ।

    भारतमा कोरोना भाइरस न्युनिकरणका लागि देशव्यापी निःशुल्क खोप अभियान चलाईरहेपनि दैनिक रुपमा हजारौ मानिस सङ्क्रमित भइरहेका छन् ।

    मृतकको सङ्ख्या भने पछिल्लो समय निकै घटेको पाइएको छ ।एजेन्सी ।

    २०७९, भाद्र २९ बुधवार०२:१३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार