राससको सेवालाई समयानुकूल परिमार्जन गर्दै लगिनेछ : अध्यक्ष झा

राससको सेवालाई समयानुकूल परिमार्जन गर्दै लगिनेछ : अध्यक्ष झा

२०७९, भाद्र ३० बिहिवार

  • 1.3K
    SHARES

  • राससको सेवालाई समयानुकूल परिमार्जन गर्दै लगिनेछ : अध्यक्ष झा

    गोदावरी । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले प्रदान गर्दै आएको सेवालाई आधुनिकीकरणसँगै समयानुकूल परिमार्जन गर्दै लगिने बताएका छन् । 

    कैलालीको धनगढीमा रहेको राससको सुदूरपश्चिम प्रदेश कार्यालयको  निरीक्षणपछि आयोजित छलफलका क्रममा उहाँले राससको समाचार सामग्रीलाई विविधीकरण गर्दै अघि बढाउने कामको थालनी भएको बताए ।  

    उनले रासस मिडियाको पनि मिडिया भएकाले राससको समाचार सामग्रीलाई विश्वसनीय र स्तरीय बनाउन सेवा विस्तारको काम अघि बढेकोसमेत बताए ।  

    राससको समाचार सेवालाई क्रमशः सुदृढीकरण गर्न आवश्यक भएको बताउँदै अध्यक्ष झाले त्यसका लागि राससका स्थानीय प्रतिनिधिले सीप र क्षमताको विकास गर्न जरुरी रहेको बताए । 

    अध्यक्ष झाले औपचारिक कार्यक्रमका भन्दा खोजी समाचार सङ्कलनमा ध्यान केन्द्रित गर्न निर्देशन दिए । उनले विगतको भन्दा अहिले समाचारको सङ्ख्या पनि बढेको बताउँदै राससको समाचार सेवाको अनधिकृतरूपमा प्रयोग भइरहेकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।   

    उनले धनगढीमा रहेको राससको कार्यालय जीर्ण भइसकेकाले प्रदेश सरकारको समन्वयमा नयाँ भौतिक संरचना बनाउनु आवश्यक रहेको बताए । 

    राससका सुदूरपश्चिम प्रदेश प्रमुख सिद्धराज भट्टले कार्यालयबाट भइरहेका सेवा प्रवाह र वस्तुस्थितिका बारेमा अध्यक्ष झालाई जानकारी गराएका थिए ।   

    कार्यक्रममा राससका कार्यकारी व्यवस्थापक शीतल महतो, रासस भीमदत्तनगर कार्यालयका प्रमुख शेरबहादुर सिंहलगायत कैलाली जिल्लामा राससमा स्थानीय प्रतिनिधिका रूपमा कार्यरत सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

    २०७९, भाद्र ३० बिहिवार०७:३४:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार