वैद्य समूहका विद्यार्थीको चन्दा आतंक, एमसीसीको बहानामा प्रअलाई कालोमोसो दलेकोमा शिक्षक संगठनको कडा आपत्ति

वैद्य समूहका विद्यार्थीको चन्दा आतंक, एमसीसीको बहानामा प्रअलाई कालोमोसो दलेकोमा शिक्षक संगठनको कडा आपत्ति

२०७९, भाद्र ३० बिहिवार

  • 1.9K
    SHARES

  • वैद्य समूहका विद्यार्थीको चन्दा आतंक, एमसीसीको बहानामा प्रअलाई कालोमोसो दलेकोमा शिक्षक संगठनको कडा आपत्ति

    काठमाडौं । वैद्य निकट विद्यार्थी समूह अखिल (क्रान्तिकारी) ले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति काठमाडौंका अध्यक्ष तथा श्री बिजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजारका प्रधानाध्यापक डिल्ली शर्मालाई कालोमोसो दलेको छ । 

    बुधवार विहान विद्यालयमा आएको उक्त समूहले एमसीसी, नागरिकता विधेयक लगाएतका विषयमा तत्कालै कक्षा लिन नपाएको भन्दै चन्दा पत्र हातमा थमाउँदै प्रधानाध्यापक शर्मालाई कालोमोसो दलेको हो । 

    विद्यालय जस्तो संवेदनशिल क्षेत्रमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, अभिभावक शिक्षक समितिका अध्यक्ष समेतले अस्विकार गर्दै पठनपाठन समयमै यस्ता कक्षा संचालन गर्दा समग्र विद्यालयको वातावरण बिथोल्ने जनाइँदा समेत प्रअलाई लक्षित गरि कालोमोसो दलिनु आपराधिक मानसिकताको उपज भएको नेपाल राष्ट्रिय शिक्षक संगठनले जनाएको छ ।

    संगठनले उक्त कार्यप्रति कडा आपत्ति जनाउँदै यस्तो अमानवीय, असभ्य, निकृष्ट र निन्दनीय कार्य प्रति घोर भत्सर्ना तथा खेद प्रकट गर्नुका साथ जघन्यअपराध नगर्न नगराउन समेत सचेत गराएको छ ।

    संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारी र महासचिव हंश बहादुर शाहीले एक विज्ञप्ति जारी गर्दै यस्ता अपराधिक तत्वलाई तत्काल कानूनी कार्यवाहीका लागि सरकार समक्ष माग समेत गरेका छन् । 

    २०७९, भाद्र ३० बिहिवार०९:१५:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार