काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सार्वजनिक क्षेत्रमा धूम्रपान गर्न नपाइने भएको छ।
महानगरले आज सूचना जारी गरी असोज १ गतेदेखि धूम्रपान गर्न नपाइने बताएको हो।
असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न निषेध गरिने सूचनामा उल्लेख छ।
सार्वजनिक स्थलमा धूम्रपान गरे सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कारबाही गरिने महानगरले जनाएको छ।
सार्वजनिक स्थललाई धूमपानमुक्त बनाउन सहयोग गरिदिन पनि महानगरले आग्रह गरेको छ।