स्नातकोत्तर तहमा समाज कार्य विषय कादम्बरीमा अध्यापन हुँदै

स्नातकोत्तर तहमा समाज कार्य विषय कादम्बरीमा अध्यापन हुँदै

२०७९, भाद्र ३१ शुक्रवार

  • 3.0K
    SHARES

  • स्नातकोत्तर तहमा समाज कार्य विषय कादम्बरीमा अध्यापन हुँदै

    काठमाडौं । नेपालमा समाज कार्य विषय अब स्नातकोत्तर तहमा पनि पढ्न पाइने भएको छ । 

    काठमाडौंको बुद्धनगरमा रहेको कादम्बरी मेमोरियल कलेजले स्नातकोत्तर तहमा पनि समाज कार्यको अध्यापन गराउने भएको हो ।  खोज, अनुसन्धान र मानविय व्यवहारको प्रयोगात्मक अध्ययनमा आधारित यस विषयलाई पुर्वाञ्चल विश्वविद्यालयबाट अनुमति प्राप्तगरि कादम्बरीमा पढाई शुरुहुन लागेको कलेजकी प्राचार्य प्रादिप्ता कादम्बरीले बताइन् ।

    विगत ५ वर्षदेखि स्नातकोत्तर तहमा अध्यापन गराउन चाहेको यस कलेजले सो सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि नेपालमै पहिलो पटक अनुमति प्राप्त गरेको हो । विदेशी विद्यार्थीका लागि समेत शैक्षिक हब बन्दै गइरहेको कादम्बरीमा स्नातकोत्तर पढाई शुरु हुन लागेकामा विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् ।

    अब यस विषयमा स्नातकोत्तर गर्न चाहने नेपाली विद्यार्थीलाई विदेश जान पर्ने बाध्यता थोरै भए पनि हटेको उनीहरुको भनाई छ । विकसित मुलुकमा समाज कार्य अधययनलाई पहिलो प्राथमिकतामा राखेर अध्यापन हुने गरेको छ । 

    नेपालमा पनि विद्यालय तहदेखि नै आधारभुत आवश्यकताको विषय बन्दै गएको समाज कार्य अध्ययनलाई थोरै भएपनि कादम्बरीले पूरा गर्ने अपेक्षा प्राचार्यको छ । सिमित संख्याको कोटाभित्र पढाउनु पर्ने विश्वविद्यालयको नियमानुसार स्नातक तहमा पढ्न चाहने सबै इच्छुकलाई भर्ना गर्न नसकिएको अवस्था भने विद्यमान रहेको कादम्बरीले बताइन् । 

    स्नातकोत्तर तह (एम एस डव्लु) का लागि ३३ वटा सिट संख्या निर्धारण गरिएको छ भने स्नातक तह (बि एस डव्लु) मा ४८ जना विद्यार्थी मात्र पढाउन पाउने विश्वविद्यालयको नियम छ । 

    स्नातक तहमा सोसल वर्क विशेष, तिर्खा मेट्दैछ कादम्बरी मेमोरियल कलेज

    २०७९, भाद्र ३१ शुक्रवार०९:०८:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार