आज यी ४ प्रदेशमा भारी वर्षा

आज यी ४ प्रदेशमा भारी वर्षा

२०७९, आश्विन १ शनिवार

  • 1.1K
    SHARES

  • आज यी ४ प्रदेशमा भारी वर्षा

    काडमाडौँ । शनिबार बिहान प्रदेश-१, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश-१, मधेस प्रदेश, कर्णाली, सुदूरपश्चिम, बागती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहेको छ ।

    यस्तै, आज दिउँसो देशभर सामान्यतया बदली रहने जनाएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    २०७९, आश्विन १ शनिवार०७:२७:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार