काठमाडौं । सेन्ट लरेन्स कलेजले कक्षा १२ मा उत्कृष्ट सहित उत्तिर्ण सबै विद्यार्थीलाई बधाई तथा विदाई एकैसाथ सम्पन्न गरेको छ । विहिवार चावहिलको इम्पेरियल व्याङ्केटमा आयोजित एक कार्यक्रमका बिच कलेजले २०७७/७८ मा कक्षा १२ पास गरेका विद्यार्थीलाई उज्वल भविष्यको शुभकामना दिँदै विदाई गरेको हो ।
गत शैक्षिक शत्रको कक्षा १२ को परिक्षामा विज्ञान संकाय तर्फ निरञ्जन ढकालले ३.९२ जिपिए ल्याएका थिए भने, व्यवस्थापनमा एलिजा डाँगीले ३.८९ जिपिए ल्याएकी थिइन् । त्यस्तै ३.६३ जिपिए सहित सुष्मिता कार्की कानुन संकायको उत्कृष्ट छात्रा बनिन भने, मानविकीबाट ३.५३ जिपिए सहित सपना उत्कृष्ट भइन् ।

कार्यक्रममा बोल्दै विज्ञान संकायका ‘टपर’ निरञ्जन ढकालले, “आफूले आफूलाई विश्वास गरे मात्र सफलता प्राप्त हुने बताए । उनले सेन्ट लरेन्स कलेजले दिएको उपयुक्त शैक्षिक वातावरणका कारण आफूले चाहे अनुसार अंक प्राप्त गर्न सकेको बताए ।”
कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापति केशव प्रसाद दंगालले उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरे । साथै उनले पछिल्लो समय नेपालमै उच्च शिक्षाको विश्व स्तरीय पढाई हुन थालेकाले सकेसम्म पढ्नका लागि विद्यार्थीहरूलाई विदेश नजान सुझाव दिए ।

कक्षा १२ उत्तिर्ण उत्कृष्ट सहित सबै विद्यार्थीलाई स्नातक तहका सुचना प्रविधि, व्यवस्थापन, मानविकीका विषयमा आकर्षक छात्रवृत्ति दिने कलेजको नीतिमा वृद्धि गरिने पनि अध्यक्ष दंगालले बताए ।
विदाई शव्द आफैँमा नमिठो भएपनि प्रगतिका लागि प्रत्येक वितेका सेकेण्ड, मिनट, घण्टा, दिन र वर्षलाई शुखद विदाईको रुपमा सम्पन्न गर्नेहरु नै वास्तविक संसारका विजेता बन्न सक्नेमा प्राचार्य पुरुषोत्तम महर्जनले जोड दिएका थिए ।

करिव ४ घण्टा चलेको कार्यक्रममा कक्षा १२ उत्तीर्ण गरेका करिब ८०० विद्यार्थीहरू सहित कलेजका शिक्षक शिक्षिका तथा कर्मचारीहरूले उपस्थिति जनाएका थिए ।
